काठमाण्डौ उपत्यकामा आज यो सिजनको सबैभन्दा कम तापक्रम मापन भएको छ ।
आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो । यसअघि गएको सोमवार काठमाण्डौको न्यूनतम तापक्रम तीन दशमलव २ डिग्री मापन गरिएको थियो । आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित