भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एस.एस चोक नजिक टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराति ९ बजेर २० मिनेटमा बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको हो ।
मध्यपुर अस्पतालमा उपचारको क्रममा राति ९ बजेर ५३ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
शवलाई पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ । टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाईवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित