स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् ।
सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे । उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको बताएका छन् ।
उनले देशमा कामै नपाउने अवस्था रहेको बताएका छन् । उनले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको पनि बताए । उनले भने,‘ मैले सर्सती हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन ।
यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन् ।’मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमिक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक