logo tiger cup

पहाडी क्षेत्रमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

      आज देशका पहाडी क्षेत्रमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्नसक्ने अनुमान छ ।

नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण आज दिउँसोदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा भने पानी पर्ने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो । आज तराईका केही ठाउँमा हुस्सु लागेको  भए पनि हिजो अस्तिको भन्दा कम रहेको मौसमविद्ले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस