logo trishakti

डेङ्गीबाट कास्कीमा सबैभन्दा धेरै सङ्क्रमित, गण्डकीमा हालसम्म ७ जनाको मृत्यु

News Logoपरिचित खबर 8 महिना अगाडि
87 2 minutes read

 कास्कीमा डेङ्गीबाट सबैभन्दा  धेरै सङ्क्रमित भएका छन् र   स्वास्थ्य मन्त्रालयका अनुसार हाल सम्म गण्डकीमा तीन पुरुष र चार महिला गरी ७ जनाको मृत्यु भैसकेकाे छ । 

 पोखरा महानगरपालिकामा मात्रै अहिलेसम्म ६ हजार चार सय ५२ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी कास्कीमा ६ हजार पाँच सय ४८ र सबैभन्दा कम मनाङमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कात्तिक महिनाभरि डेङ्गी सङ्क्रमणको बढी जोखिम रहेकाले सचेत हुन मन्त्रालयले आग्रह गरेको छ । चाडपर्वको समयमा एक ठाउँबाट अर्को ठाउँमा जाने मानिसहरूको चहलपहल धेरै हुने भएकाले पनि डेङ्गी अझै फैलिनसक्ने डाक्टरहरूले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस