logo tiger cup

सुनको भाउमा लगातार वृद्धि, तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँ

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 सुनको भाउमा लगातार बृद्धि भएकाे छ , आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो । आज सुनको भाउ तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो र अस्ति पनि सुनको भाउले कीर्तीमान कायम गरेको थियो । हिजो सुनको भाउ तोलको एक लाख ६२ हजार चार सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर तोलको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ५० रुपैयाँमा थियो । 

प्रतिक्रिया दिनुहोस