सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।
सुनको भाउ तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो पनि एकैदिन ६ सय रुपैयाँले बढेर सुनको भाउमा कीर्तिमान बनेको थियाे । सुनको भाउ सात दिनमा पाँच हजार चार सय रुपैयाँले बढेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको दुई हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित