तिहार नजिकिँदै गर्दा बजारमा भाइमसलाको व्यापारमा बृद्धि भएकाे छ ।
भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्ता मिश्रित भाइमसलाको प्याकेट दिने चलन छ ।
अहिले बजारमा भाइमसलाको व्यापार सामान्य बढे पनि तिहार शुरु हुने दिन आउँदो बुधवारदेखि भने किनमेल गर्नेको घुइँचो नै लाग्ने व्यापारीले बताएका छन् । यसपटक भाइ मसलाको मूल्य बढेको छ । खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रमान वज्रचार्यले थोक व्यापारीले मूल्य बढाएका कारण खुद्रामा पनि भाइमसलाको मूल्य बढेको बताउनुभयो ।
मसलामा १५ देखि २० प्रतिशत मूल्य बढेको उहाँले जानकारी दिनुभयो । सबैभन्दा धेरै काजु र सुकमेलको मूल्य बढेको उहाँको भनाइ छ । नेपालमा उत्पादन नहुने भाइमसला तिहारका लागि भनेर विभिन्न देशबाट आयात हुने गरेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित