तिहारको धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री गर्न शुरू
तिहारको धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित चाँदीको सिक्का बिक्री शुरु गरेको छ ।
चाँदीको मेडालियन हिजोदेखि बिक्री शुरू भएको र पर्सि बुधवारसम्म किन्न पाइने राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । सुनको असर्फी भने भोलि एक दिन मात्रै किन्न पाइनेछ ।
महाशाखाका अनुसार १० ग्राम, २५ ग्राम र ३५ ग्रामका चाँदीको सिक्का बिक्री भइरहेको छ । १० ग्रामको चाँदी सिक्काको भाउ २ हजार २ सय रुपैयाँ, २५ ग्रामको ५ हजार ५ र ३५ ग्रामका ८ हजार ४ सय रुपैयाँ तोकिएको छ । सुनको सिक्का २ दशमलव ५ ग्राम तौलको हुने राष्ट्र बैंकले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित