logo tiger cup

तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने, सयपत्री फुलकाे अभाव हुनसक्ने अनुमान

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

यस वर्षको तिहारका लागि दुई लाख वटा मखमली फूलको माला निर्यात हुने अनुमान रहेकाे छ । 

फ्लोरिकल्चर एसोसिएशन नेपाल (फ्यान) का अनुसार यस वर्ष गएको वर्षभन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो ।

 नेपालबाट निर्यात हुने मखमलीको माला विशेषगरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया, युरोपका केही देश र केही खाडी देशमा जाने गरेको छ । 

यस वर्षकाे तिहारमा सयपत्री केही अभाव हुनसक्ने अनुमान व्यवसायीहरूकाे रहेकाे छ । सयपत्री फूल भारतबाट आयात गरिएको छैन । सरकारले प्रतिबन्ध लगाएको हुनाले नेपाल–भारत सिमानासँगै क्वारेन्टाइन चेकपोस्टमा कडाइ गरेर अवैध रूपमा भित्रिने सयपत्री फूल नष्ट गर्न थालिएको छ ।

 

प्रतिक्रिया दिनुहोस