logo tiger cup

बुद्ध एयरको जहाजमार्फत रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइयाे

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

बुद्ध एयरको जहाजमार्फत अाज मध्याह्नमा उनलाई पोखराबाट भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 लामिछानेलाई  बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही पठाइएको हो । 

गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

लामिछानेको  समर्थनमा रास्वपाले भैरहवामा प्रदर्शन थालिसकेको छ । 

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस