logo tiger cup

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा गएराति निधन भएको छ । म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुनुहुन्थ्यो ।

केही दिन अघि उहाँलाई डेङ्गी सङ्क्रमण भएको थियो ।उहाँको उपचारकाक्रममा काठमाण्डौको ग्राण्डी अस्पतालमा निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाँले जानकारी दिनुभएकाे हाे ।

गौचनका छोरा अमेरिकाबाट फर्किएपछि मात्रै अन्त्येष्टि गरिने भएको छ ।     

प्रतिक्रिया दिनुहोस