logo trishakti

अन्नपूर्ण बेस क्याम्पमा चर्को आवाज निकाल्ने यन्त्र निषेधित

News Logoपरिचित खबर 2 महिना अगाडि
87 2 minutes read

  अन्नपूर्ण बेस क्याम्पमा चर्को आवाज निकाल्ने यन्त्र लैजान निषेधित गरीएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खलबलिने र यात्रामा बाधा पुग्ने भएकाले यो निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । पदयात्रामा जाने धेरै पर्यटकले चर्को आवाजमा गीत बजाउँदा अन्य पदयात्रीलाई असर पुगेको गुनासो आएपछि चर्को ध्वनि लैजान रोक लगाइएको आयोजना प्रमुख डा. कडरियाले बताउनुभएकाे छ।

आयोजना प्रमुख डा. रविन कडरियाले पदयात्राका क्रममा या होटलमा बास बस्दा चर्को आवाजमा गीत बजाउने, होहल्ला गर्नेजस्ता क्रियाकलाप नगर्न पर्यटक र सर्वसाधारणलाई आग्रह गर्नुभएकाे छ, साथै अनुगमनका क्रममा कसैले त्यस्ता क्रियाकलाप गरेको भेटिएमा सामान जफत हुने पनि बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस