logo trishakti

दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

 प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले  म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ। 

 

 उनलाई प्रहरीले बुधबार सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पुर्‍याइएको हो । साइबर अपराधसम्बन्धी कसूरमा उनलाई प्रहरीले मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट 'फेक डकुमेन्ट' सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस