मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा उनलाई प्रहरीले पक्राउ गरिकएको थियो ।
सर्वोच्च अदालतले आज निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्नेछ । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा प्रसाईंले दायर गरेको निवेदनको पेसी परेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
बाग्लुङमा २१ वर्षपछि सडकको स्तरोन्नति थालियाे
मुग्लिन-पोखरा सडकको अवरोध हटाइयाे