इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुन ४ खेलाडीसहित छ सदस्यीय नेपाली टोली आज थाइल्याण्ड जाँदै छ ।
नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ जना पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने तालिका रहेकाे छ । प्रशिक्षकमा राज श्रेष्ठ छन् भने इन्टरनेसनल टेक्निकल अफिसरमा पुस्करराज पन्त रहेका छन् ।
महिला ४८ केजीमा आरती बम्जन तथा ५१ केजीमा अस्मिता दुवालले खेल्ने नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारीले जानकारी दिनुभएकाे छ ।
यस्तै, पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा लक्ष्मण राईले प्रतिस्पर्धा गर्नेछन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
बाग्लुङमा २१ वर्षपछि सडकको स्तरोन्नति थालियाे
मुग्लिन-पोखरा सडकको अवरोध हटाइयाे