logo tiger cup

२१ निर्माण व्यवसायी कालोसूचीमा

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

   २१ वटा निर्माण व्यवसायी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको उक्त कम्पनी सहित ती कम्पनीहरूलाई एकदेखि तीन वर्षको लागि कालोसूचीमा राखेको हो ।

 

कालोसूचीमा पर्नेमध्ये सुनाकोटीको सपना–सैलुङ जेभीलाई अढाइ वर्ष कालोसूचीमा राखिएको छ । जोरपाटीको नवदुर्गा विल्डर्सलाई सबैभन्दा धेरै तीन वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ ।

 

त्यस्तै, उक्त जेभी अन्तर्गत हेटौँडाको सपना कन्स्ट्रक्सन र ललितपुर ढोलाहिटीको सैलुङ कन्स्ट्रक्सन रहेका छन् । चौरजहारी डिभिजन तथा नेपाल राष्ट्र बैंकको सिफारिसमा दुई कम्पनीलाई दुई वर्षका दरमा, तनहुँको भानु नगरपालिकाको सिफारिसमा एउटा कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

 १५ वटालाई भने एक वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस