काभा पुरुष भलिबलमा आज माल्दिभ्स र भारत, लगत्तै नेपाल र इरानको टोलीबीच प्रतिस्पर्धा
काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा आज हुने पहिलो खेलमा माल्दिभ्सको क्लब एचडीसी र भारतको क्यालीकट हिरोजबीच त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो साढे २ बजे ।प्रतिस्पर्धा हुदैछ ।
दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल र इरानको युवा टोलीबीच बेलुका ५ बजे प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा भारतको क्यालीकट हिरोज, इरानी टोली र माल्दिभ्सको क्लब एचडीसीको सहभागिता रहेकाे छ ।
आठ दिनसम्म चल्ने च्याम्पियनशिपमा कुल १४ खेल हुनेछन् । सिङ्गल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन् । लिगमा उत्कृष्ट हुने ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित