logo tiger cup

आइतवारदेखि शनिवारसम्म नौबिसे–मुग्लिन सडक खन्ड आंशिक बन्द

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन सडक खण्ड पर्सि ७ गते आइतवारदेखि १३ गते शनिवारसम्म आंशिक बन्द हुने भएको छ ।

नौबिसे–मुग्लिन खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटी मोड सुधार गर्ने कामका लागि आंशिक रूपमा सडक बन्द गर्न लागिएको नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डले जनाएको छ ।

सडक आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार सात दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गाडी आंशिक रूपमा रोकी सडक निर्माणको काम हुनेछ ।

यस अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका बाहेक गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस