नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङबाट रमाउने समूहले लोडसेडिङको हल्ला फैलाएको बताएका छन् ।
तामाकोशी क्षतिग्रस्त भएर मर्मत भइरहेको र कालीगण्डकी समेत नियमित मर्मतका कारण उत्पादन रोकिएका कारण लोड व्यवस्थापन गर्न पिक समयको २/३ घण्टा उद्योग नचलाइदिनुस् भनेको बताएका छन् । तर, यही कारणले एक हप्तामै सिमेन्टको १०० रुपैयाँ बढाइएको भन्दै यो गलत भएको पनि बताएका छन् ।उनले उद्योगीले सामान्य समयमा पनि दैनिक १६/१७ घण्टा भन्दा बढी उद्योग नचल्ने गरेको बताउँदै २/३ घण्टा बिजुली नपाउँदा समस्या हुने अवस्था नरहेको जिकिर गरेका छन् ।
अहिलेको समस्या लोडसेडिङ नभएर व्यवस्थापनको अल्पकालीन समस्या मात्रै भएको बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित