logo tiger cup

केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली हुने हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 केही दिन अब  देशका विभिन्न ठाउँमा वर्षा र बदली हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदली हुने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आजदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । भोलि भने अझै बढ्ने देखिएको उहाँले बताउनुभयो । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाण्डाैसम्म आइपुग्ने उहाँले बताउनुभयो । यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस