अमेरिका र युरोपका विभिन्न देशमा पठाइदिने भन्दै ६ सय जनाभन्दा धेरैलाई ठगी गर्ने ललितपुरको सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
माल्टा, पोल्यान्ड, क्यानडा, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै ६ सय जना बढी सर्वसाधारणलाई करोडौँ रुपैयाँ ठगी गरेको उजुरीपछि तामाङलाई पक्राउ गरेएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले बालाजु चोकमा युरो विङ्स एजुकेसन कन्सल्टेन्सी खोलेर आफूलाई विकास वाइबाको नाममा चिनाउँदै ठगी गरेको पाइएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल घिमिरेका अनुसार उनले ठगी गरेको रकमबाट ४ करोड १५ लाख रुपैयाँ व्यक्तिगत ऋण तिरेका थिए । यस्तै राप्ती म्यानपावर बसुन्धाराको ५० प्रतिशत शेयर किनेको, गाडी किनेकाे, भाइको खातामा १५ लाख ५० हजार जम्मा गरेको र ५ लाख रुपैयाँको सुन किनेको भेटिएको छ ।
पक्राउ परेका सुजन तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित
इरानमा रहेका सबै नेपाली सुरक्षित छन्ः परराष्ट्र मन्त्रालय
पोखरा शेर्पा समाजले मनाइयो ग्याल्पो ल्होसार
चौथो हिसान फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा