अर्काकाे नागरिकतामा आफ्नो फोटो टाँसेर ठगी गरेको आरोपमा सर्लाहीको हरिवन नगरपालिका घर भइ ललितपुर बस्दै आएका सरोज यादव, धनुषाका रामसेवक सिंहलाई र सर्लाहीका रामेश्वर सिंहलाइ प्रहरीले पक्राउ गरेको छ ।
मासिक एक लाख ५५ हजार रुपैयाँ तलब पाइने भन्दै तीनैजनाले पीडितबाट ६३ लाख रुपैयाँ ठगी गरेको पाइएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।
उनीहरुले कन्सल्टेन्सी सञ्चालन गरी ५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै प्रतिव्यक्ति सात लाख रुपैयाँका दरले रकम असुल्दै आएकाे जानकारी रहेकाे छ।
तीनैजनामाथि ठगी, कीर्ते जालसाजी, बैंकिङ कसुरलगायत अपराधमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक