आज गण्डकी प्रदेशका पहाडी एक, दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली हुनेछ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताउनु भयो।
काठमाण्डौ उपत्यकामा बिहानपख घाम लागे पनि दिउँसोपछि मौसम बदली हुने पुडासैनीले बताउनु भयो । आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री मापन गरिएको छ । दिउँसोपख अधिकतम तापक्रम २१ देखि २३ डिग्री पुग्नसक्ने महाशाखाको अनुमान छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक