निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ( प्याब्सन ), नेपालद्वारा आयोजित राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्याश्रमले जित हासिल गरेको छ ।
विराटनगरको आरोह गुरुकुल नाट्य घरमा सम्पन्न राष्ट्रिय लोकनृत्य प्रतियोगिता उपाधि सँगै सरस्वती आदर्श विद्याश्रमले नगद १ लाख, ट्रफी, पदक तथा प्रमाणपत्र प्रात्त गरेको छ । पालिका, जिल्ला, प्रदेश स्तर हुँदै सञ्चालित यस प्रतियोगिताको अन्तिम चरण राष्ट्रिय स्तरमा सरस्वती आदर्श विद्याश्रम गण्डकी प्रदेशबाट प्रथम भई सहभागी भएको हो ।
प्रतियोगितामा कोशी प्रदेशबाट सहभागी विद्यालय सुविजिमुर मेमोरियल दोस्रो स्थान सहित नगद ७५ हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यसै गरी बागमती प्रदेश बाट सहभागी विद्यालय इलेन मेमोरियल तेस्रो भए सँग नगद ५० हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगितामा सान्त्वना स्थान मधेस प्रदेश र कर्णाली प्रदेश का विद्यालयले नगद २५ / २५ हजारसहित, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रम प्याब्सन, नेपालका अध्यक्ष डीके ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितामा प्रमुख निर्णायक त्रिभुवन युनिभर्सिटिका उपप्रध्यापक तथा पद्म कन्या क्याम्पसको नृत्य विभागका प्रमुख प्रकाश तुलाचन रहनुभएको थियो भने सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य शान्ति कठायत र कलाकार भानु सिटौला पनि निर्णायक मण्डलमा रहनुभएको थियो । उक्त कार्यक्रममा प्रमुख निर्णायक तुलाचनले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भएका कलाकार विद्यार्थीहरूलाई इच्छुक भएमा स्नातक तह नृत्यमा पद्म कन्या क्याम्पसमा नि:शुल्क अध्ययनको अवसरसमेतको घोषणा गर्नुभयो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित