पोखरा, १५ फागुन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले नेपाल पत्रकार महासंघ कास्कीलाई सात दिने अल्टिमेटम र ज्ञापनपत्र बुझाएको छ ।
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनपर्ने मागसहित मंगलबार फोनिज कास्कीका अध्यक्ष दीलप्रसाद गुरुङले नेपाल पत्रकार महासंघ कास्कीमार्फत केन्द्रलाई पत्र बुझाएको हो । महासंघ कास्कीका तर्फबाट अध्यक्ष विमला भण्डारीले उक्त पत्र बुझेका हुन् ।
फोनिज लामो समयदेखि नेपाल पत्रकार महासङ्घको गलत इतिहास सच्याउन संघर्षरत रहेको छ । तथ्य र प्रमाणका आधारमा महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासङ्घका सबै समितिमार्फत माग गरिएको थियो । त्यसैको स्मरण गर्दै फोनिज कास्कीले पुनः स्मरणपत्र बुझाएको हो ।
सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासंघ तयार नभएका कारण फोनिजले निर्णायक आन्दोलनको चरणमा पुग्दै ७ दिने अल्टिमेटम बुझाएको हो । अल्टिमेटममा ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न माग गरिएको छ । माग पूरा नभए नेपाल पत्रकार महासङ्घका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने जानकारी पनि गराएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले फोनिजको माग सहितको ज्ञापन पत्र तत्काल केन्द्रमा पठाउने बताइन् । पत्रकार बिचको सद्भाव खलल हुन नदिनका लागि आफ्नो तर्फबाट प्रयास रहने उनले सुनाइन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित
इरानमा रहेका सबै नेपाली सुरक्षित छन्ः परराष्ट्र मन्त्रालय
पोखरा शेर्पा समाजले मनाइयो ग्याल्पो ल्होसार
चौथो हिसान फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा