भरतपुर भ्रमण वर्षको उद्घाटन भोलि शुक्रबार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन
भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको भरतपुर भ्रमण वर्षको फागुन १८ गते भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदी किनारमा एक समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने तय भएको छ ।
उद्घाटन समारोह अगाडि महानगरका २९ वटै वडाबाट विभिन्न झाँकीसहितको र्याली निकाल्ने र नारायणी नदी किनारमा जाने कार्यक्रम तय भएको छ ।
भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन ५ जना पूर्व प्रधानमन्त्रीसहित मन्त्रीपरिषद्का पूर्व अध्यक्षसमेत चितवन आउने कार्यक्रम रहेकाे छ ।
करिब ५० हजार सहभागी हुने उद्घाटन समारोहमा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने जनाइएको छ ।
कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, एवम् मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि सहभागी हुने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाले जानकारी दिए ।
उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बिहीबार नै चितवन आउने कार्यक्रम छ भने बाँकी नेताहरु भोलि शुक्रबार आउने कार्यक्रम तय भएको छ । विभिन्न प्रदेश प्रदेश प्रमुख, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरुसहित अति विशिष्ट ब्यक्तित्वहरुको उद्घाटन समारोहमा सहभागिता रहनेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित
इरानमा रहेका सबै नेपाली सुरक्षित छन्ः परराष्ट्र मन्त्रालय
पोखरा शेर्पा समाजले मनाइयो ग्याल्पो ल्होसार
चौथो हिसान फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा