गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सिरानचोक गाउँपालिका वडा नम्वर ६ नयाँसाघुँका २७ बर्षीय मिलन थापा मगर रहेको प्रहरीले जनाएको छ ।
शनिवार राती करिव १० बजेको समयमा छेपेटार बारपाक सडकखण्डको भालुस्वाँरा नजिकै राजेश परियारले चलाएको बा ९१ प ४५८ नम्वरको मोटरसाइकल दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार मगर घाइते भएका थिए । गोरखा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नीरिक्षक शेखर खड्काले बताए ।
मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र फरार रहेका चालक परियारको खोजी कार्य भइरहेको उनले जानकारी दिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक