पोखरा १९ लामाचौर बगैँचा स्थित आमा को डे केयर मन्टेशरीमा अभिभावक दिवस एंव पुरस्कार कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमनाथ आचार्यको सभापतित्व तथा पोखरा महानगर वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा आफ्नो भनाई राख्दै अध्यक्ष पाण्डेले मन्टेशरी शिक्षाको जग भएकाले आधुनिक शिक्षाको आवश्यकतालाई मध्यनजर गरेर स–साना बावुनानी हरुको कमलो मानशपटलमा आफ्ना संस्कृति र सभ्यता समेत एकसाथ हुर्काउन आवश्यक रहेको बताए।
उक्त कार्यक्रममा कक्षा २ का छात्र छात्राहरुले स्वागत गित, कक्षा २ मा अध्ययनरत इष्टु बस्नेतले स्वागत मनतव्य र अभिभावकको तर्फबाट शान्ता ढुंगानाले आफनो मन्तव्य राखेका थिए भने विद्यालयका संस्थापक अध्यक्ष श्री रामचन्द आचार्य, वडा सदस्यहरु विकास कुमार आचार्य, कल्पना सुनार, विद्यालय संस्थापक सदस्य श्री मेनुका भुजेल, समाजसेवी श्री कमल थापा, विष्णु गौतम, शिवहरी आचार्य, भरतराज आचार्य, हरी गौतम, ज्ञानु आचार्य, निरञ्जन थापा लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक जिवन आचार्य ले प्रतिवेदन तथा शैक्षिक गतिविधि बारे जानकारी दिएका थिए भने शिक्षिका विनिता थापाले कार्यक्रम संचालन गरेकी थिइन्।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित