अमेरिकी सर्वोच्च अदालतले सोमबार राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ ।
निर्णयको प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठुलो जीत भएकाे बताएका छन् । डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको अदालतले पूर्व राष्ट्रपति ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । त्यसो गर्दा, अमेरिकी संविधानको १४ औँ संशोधनलाई सन्दर्भ गरिएको थियो, जस अन्तर्गत सशस्त्र विद्रोहवादीहरूलाई राष्ट्रपति चुनाव लड्न प्रतिबन्ध लगाइएको छ।
अदालतले १४ औँ संशोधनको धारा ३ लागू गर्ने अधिकार कुनै राज्यको हातमा नभएर कंग्रेसको हातमा रहेको बताएको छ । यसपछि सर्वोच्च अदालतले ट्रम्पले चुनाव लड्न सक्ने बताएको छ ।
तर फेब्रुअरी ८ मा भएको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीशहरूले यो कदमलाई शङ्काको दृष्टिले हेरे। यससँगै उनीहरूले राज्य आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको आरोप लगाए ।
अदालतले १४ औँ संशोधनको धारा ३ लागू गर्ने अधिकार कुनै राज्यको हातमा नभएर कंग्रेसको हातमा रहेको बताएको छ । यसपछि सर्वोच्च अदालतले ट्रम्पले चुनाव लड्न सक्ने बताएको छ ।
प्राइमरी अमेरिकी राष्ट्रपति चुनाव प्रक्रियाको चरण हो जसमा दलहरूले मतदान मार्फत आफ्ना उम्मेदवारहरू निर्णय गर्छन्।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
मनसुन अझै निस्कृय अवस्थामा,पानी नपर्दा गर्मी धेरै
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ
भर्खरै प्रकाशित
मनसुन अझै निस्कृय अवस्थामा,पानी नपर्दा गर्मी धेरै
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ