त्रिशुली नदीमा बस खस्दा ७ जनाकाे मृत्यु भएकाे छ भने ४१ जना यात्रुको उद्धार गरिएको छ ।
कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेर ४० मिनेटमा धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो ।
बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिला र ६ जना पुरुषसहित ७ जनाको शव फेला परेको छ ।
ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । दुर्घटनापछि स्थानीय बासिन्दा, इलाका प्रहरी कार्यालय गजुरी, सशस्त्र प्रहरीलगायतले घाइतेहरुको उद्धार गरेका छन् । घाइतेहरु १४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।
बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित
पोखरा शेर्पा समाजले मनाइयो ग्याल्पो ल्होसार
चौथो हिसान फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा