धरानबाट भोजपुर घोरेटार जाँदै गरेकाे जीप उदयपुरमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएकाे छ ।
दुर्घटनामा छ जनाकाे घटनास्थलमै ज्यान गएकाे र अन्य आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयाे । को १ ज २५९३ नम्बरको जीपमा १४ जना सवार रहेका सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित