काठमाण्डौको बसन्तपुरमा आज बिहान होलीको चीर ठड्याइएसँगै आजदेखि विधिवतरूपमा फागु पर्व अर्थात होली पर्व शुरु भएको छ । काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा चैत ११ गते र तराईका जिल्लामा १२ गते मनाईंदैछ ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।फागु अर्थात् होली पर्व शुरु भएको जनाउ दिन बसन्तपुरमा चीर ठड्याउने गरिन्छ । बसन्तपुरको गद्दी बैठक दक्षिणतर्फ बिहान बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो ।
बसन्तपुरमा ठड्याइएको चीर फागुन शुक्ल पूर्णिमाको रात टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक