हिजो राति पोखरेबगरबाट हिँडेको जीप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेकाे भिरमा अड्किएको अवस्थामा फेला परेको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वारतर्फ गुडिरहेको ग १ ज ७६५३ नम्बरको जीप दुर्घटना हुँदा गाडी चालक ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका २७ वर्षका लालबहादुर तिलिजाको ज्यान गएको र जीप सडकदेखि तल खोँचमा दुर्घटनाग्रस्त अवस्थामा पाइएको श्रेष्ठ र तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडा सदस्य पूर्ण पाइजाले जानकारी दिनुभएकाे थियाे ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित