मोरङको बेलबारीमा एक व्यक्तिले पत्नीको हत्या गरेपछि आत्महत्या गरेका छन्।
बेलबारी वडा नम्बर १ का ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया पत्नी गीता लिम्बूको हत्या गरेपछि आत्महत्या गरेका हुन्।
डिएसपी रञ्जन दाहालका अनुसार बमबहादुरले बुधबार बिहानकाे करिब २ बजेतिर धारिलो हतियार दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए। टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो।
पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले बताएको छ।
घाँटी रेटेर गम्भीर घाइते अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो।विराटनगरको नोबेल अस्पताल उपचारका क्रममा उनको मृत्यु भएको हो।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक