भोलि मौसममा थोरै सुधार देखिए पनि पर्सि फेरि बदली भएर केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । अब तीन दिनसम्मै मौसम बदली भएर छिटपुटदेखि हल्का पानी पर्न सक्ने मौसमविद सञ्जिव अधिकारीले बताएका छन् ।
काठमाण्डौ उपत्यकामा अहिले मौसम केही खुले पनि दिउँसोपछि फेरि पानी पर्न सक्ने मौसमविद अधिकारीले बताएका छन् । हिजाे राति र बिहान पनि काठमाण्डौ उपत्यकासहित बागमती प्रदेशका केही ठाउँ तथा कोशी र मधेश प्रदेशका धेरै ठाउँमा हल्का पानी परेको छ ।आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने छ।
पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो । महाशाखाका अनुसार विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको छ ।
यस्तै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पनि पानी परेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित
पोखरा शेर्पा समाजले मनाइयो ग्याल्पो ल्होसार
चौथो हिसान फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा