आज बिहान सीआईबीको सम्पर्कमा आएका विनाेद चाैधरीलाई सरकारी वकिलको समन्वयमा बिहान ८ बजे बयान लिइएको हो । बिहान उनी आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए ।
बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको थियो । विनोद चौधरी च्याम्पियन फुटवेयर लिमिटेडका शेयर धनी एवम् तत्कालीन सञ्चालक समिति सदस्य हुन् । सरकारी जग्गा गैरकानुनी रुपमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको खुलेपछि चौधरी पनि अनुसन्धानको दायरामा तानिएका हुन् ।
बाँसबारी छाला जुत्ता कारखाना निरन्तर घाटामा भएको भन्दै तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाले चौधरी घरानाका लुनकरणदास चौधरीसँग एउटा प्रवर्द्धन सम्झौता गरे, जसमा क्यानभास स्पोर्ट्स जुत्ता उत्पादन गर्ने उल्लेख गरिएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक