logo tiger cup

कर्णाली पुलबाट हाम फालेका युवककाे शव खोज्न गोताखोर परिचालन गर्ने तयारी

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमबार एकसाथ १७ जना हाम फालेका थिए । तिनिहरूमध्य लम्कीचुहा नगरपालिका–३ चिसापनीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता रहेका छन् ।  बेपत्ता भएका शाहीलाइ खोज्न गोताखोर परिचालन गर्ने तयारी गरिएको छ ।

बेपत्ताको खोजी गर्न गोताखोर खटाउनेबारे सशस्त्र प्रहरी बलसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले बताएका छन् । बर्दिर्याको सिमानातर्फ नेपाली सेनाको टिमले खोजी कार्य जारी राखेको इन्स्पेक्टर हरेराम डाँगीले जानकारी दिएका छन् ।

होली खेलेपछि नदीमा डाइभ हान्न गएका उनीहरूमध्ये शाही डाइभ हानेर हाम फाल्दा बेपत्ता भएका हुन् । अन्य १६ जनालाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीको भनाइ रहेकाे छ । 

प्रतिक्रिया दिनुहोस