नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
तर कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने माओवादीले गरेको छैन ।
माओवादी पदाधिकारी बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले इलाम २ र बझाङमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवार टुंगो लाग्न बाँकी रहेको जानकारी दिए । ‘सबैले उठाउँछन् भने हामीले पनि उठाउने भनेर उम्मेदवारी दिने निर्णय भएको छ,’ उनले भनेका छन् ।
इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएकाले र बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि ती दुवै क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित
पोखरा शेर्पा समाजले मनाइयो ग्याल्पो ल्होसार
चौथो हिसान फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा