logo tiger cup

एसईईको आज पहिलो दिन, सबै परीक्षा केन्द्रहरूमा परीक्षा सरल रूपमा सम्पन्न

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

  २०८० काे एसईईआजबाट सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सरल रूपबाट  सम्पन्न भएको छ ।

परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् ।  धेरै केन्द्र काठमाडौंमा १२७ र  कम मनाङ र मुस्ताङमा एक–एक वटा रहेकाे छ ।

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । आजबाट सुरु भएको एसईई परीक्षा २७ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस