नेपाली महिला उद्यमी महासंघले शुक्रबार ललितपुरमा आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतको तुलनामा महिलाहरुको अवस्था सुदृढ हुँदै गए पनि सन्तोषजनक नरहेको बताए । उनले महिला सशक्तीकरणको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भनेका छन् , ‘त्यसैले महिला सशक्तीकरणका लागि अझै धेरै काम गर्न बाँकी छ । जुन काम सरकारले र राष्ट्रले मात्र गरेर सम्भव हुँदैन । यसमा सबैको हातेमालो आवश्यक छ ।’
आजको समयमा अर्थतन्त्रसँग नजोडिकन साँचो अर्थमा सशक्तीकरण हुन नसक्ने उनको भनाइ थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित
पोखरा शेर्पा समाजले मनाइयो ग्याल्पो ल्होसार
चौथो हिसान फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा