शुक्रवार एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँ बढेर सुनको तोलाको एक लाख ३० हजार रुपैयाँ भएकाे भाउले नयाँ रेकर्ड बनाएको थियो । आज भने उक्त भाउ यथावत् नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
रुस–युक्रेनबीचको युद्ध, लगानीकर्ताको सुनमा आकर्षण तथा डलरको भाउ बढेका कारण सुनको मूल्य पनि पछिल्ला दिनमा उच्च हुँदै गएको महासङ्घले बताएकाे छ ।
यस्तै आज चाँदीको भाउ पनि यथावत नै छ । भाउ तोलाको एक हजार पाँच सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक