आज बिहान मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि भएको सवारी दुर्घटनामा तीन जनाको मृत्युभएकाे छ ।
दमकबाट तमोर करिडोरहुँदै फिदिम जाँदै गरेको जीपलाई टिपरले ठक्कर दिँदा झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई , ४४ वर्षीया दीपा खनाल र चालक विर्तामोड नगरपालिका २ का ३६ वर्षीय कृष्ण गजुरेलको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर हरि खनाल र गायत्री भट्टराई गम्भीर घाइते भएका छन् । उनीहरूकाे विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित