पोखराबाट सल्यान गाउँ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा पोखरा पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनार छन्।
कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुर्यबहादुर रानाका अनुसार जीपमा सवार चालकसहित १० जना घाइते भएका छन्।
घाइतेको उपचार गर्न पोखराको मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।पोखराबाट अन्नपूर्ण गाउँपालिकाको सल्यान गाउँ जाँदै गरेको जीप सल्लाघारीमा दुर्घटना भएको हो। दुर्घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर रानाले जानकारी दिए।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित