क्षेत्री समाज नेपालले चौथो केन्द्रीय महाधिवेशन तनहुँको दमौलीमा हुने भएको छ ।
क्षेत्री समाज नेपालले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि यहि चैत २५ र २६ गते महाधिवेशन गर्न लागेको क्षेत्री समाजका अध्यक्ष प्रा.डा.दीलबहादुर क्षेत्रीले जानकारी दिए ।
महाधिवेशन सम्पन्न गर्नका लागी केन्द्रीय कार्यसमिति मुल आयोजक समिति रही स्थानीय व्यवस्थापनका लागि तनहूँ जिल्ला समिति मातहतमा विभिन्न उप-समितिहरु गठन गरिएको महासचिव केश बहादुर केसीले जनाए ।
महाधिवेशनको पहिलो दिन दमौली बजारमा सारुन नाच, सांस्कृतिक प्रस्तुती, झाँकी सहितको र्याली प्रदर्शन गर्ने कार्यक्रम रहेकाे छ । दमौलीको खुल्ला मैदानमा उद्घाटन शत्र, बन्द शत्र र नेतृत्व परिवर्तनका लागि निर्वाचन कार्यक्रम गरिने पनि केसीले बताए । पत्रकार सम्मेलनमा बाेल्ने क्रममा समाजका उपाध्यक्ष कृष्ण थापाले महाधिवेशनको बारे सुचना तथा जानकारी सञ्चार माध्यमहरू बाट प्रसारण र प्रकाशन गरी सहयाेग गरिदिन आग्रह गरे ।
क्षत्री समाज नेपालले स्थापनादेखि पोखरामा केन्द्रीय कार्यालय रही देशभर समाजको समितिहरु निर्माण अन्तर्गत केन्द्र, विभिन्न समाजहरु प्रदेश, जिल्ला, नगर, गाउँ र वडास्तरसम्म समाजको गतिविधिलाई अगाडि बढाइरहेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित
पोखरा शेर्पा समाजले मनाइयो ग्याल्पो ल्होसार
चौथो हिसान फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा