logo tiger cup

शिक्षामा पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग सांसदहरूको आग्रह

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

  आजको राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै सांसदहरूले सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आग्रह गरेका छन्  ।  नेपालमा कृषि र शिक्षा क्षेत्रमा लगानी गरेर नै विकास र समृद्धि सम्भव रहेको भन्दै शिक्षामा लगानी बढाउन जोड दिएका छन् ।

उनीहरुले सांसदहरूका आफ्नाआफ्ना चाहनाअनुसार बजेट माग गरेपनि प्राथमिकताका आधारमा मात्रै बजेट छुट्याउन आवश्यक रहेको बताए ।

 समितिको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले नयाँ आवमा शिक्षामा धेरै छुट्याउन आवश्यक रहेको बताए । उनले पुरानो र परम्परावादी बजेटबाट शिक्षा क्षेत्रमा सुधार गर्न सम्भव नहुने जिकिर गरे । उनले निजी, सरकारी विद्यालयहरूको पाठ्यक्रम एउटै बनाउन आवश्यक रहेको बताए ।

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद इन्दिरा गौतमले शिक्षा विकासका मेरुदण्ड रहेकाले पर्याप्त बजेट छुट्याउन आवश्यक रहेको बताइन् । उनले बालविकास केन्द्रलाई अझै व्यवस्थित बनाइ शिक्षालाई अगाडि बढाउन आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस