गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त, ३ बजे शपथ लिने तयारी
गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले नेकपा एमालेका नेता खगराज अधिकारीलाई आज मुख्मन्त्रीमा नियुक्त गरेका हुन् ।
अधिकारी एमाले गण्डकी प्रदेश संसदीय दलका नेता हुन् ।अधिकारीले आज बिहान एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ गरी ३१ जना सांसदको समर्थन पत्रसहित मुख्यमनत्रीको दाबी प्रदेश प्रमुखसमक्ष गरेका थिए । सपथ ग्रहण आजै साढे तीन बजे राखिएको प्रदेश प्रमुख कार्यलयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
अधिकारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित