दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो ? रविलाइ प्रदीप पौडेलको प्रश्न
अाज काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै रविलाइ प्रदीप पौडेलको प्रश्न गरेका छन् ।
नेपाली कांग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने उनले स्पष्ट पारे । उनले छानबिनका लागि निर्दोष छु भन्नेहरू छानबिन समिति बनाउन किन तयार नहुनुभएको ? भन्दै प्रश्न गरे । उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो ? भन्ने प्रश्न गरे ।
उनले भने, ‘कुनै पनि घटना विशेषको तथ्य सत्य के हो भन्ने कुरा खोजिनुपर्छ । प्रश्न उठ्दैमा आरोपहरू लाग्दैमा कोही दोषी हुन्छ भन्ने होइन । तर आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्य तथ्य बाहिर ल्याउने काम सरकारको हो । ’सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको जिकिर गरेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित