आज लुम्बिनी, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही ठाउँहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । देशका पहाडी ठाउँमा हल्का वर्षा भए पनि भारी वर्षाको सम्भावना भने नरहको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभएकाे छ ।
त्यस्तै आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना पनि छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित