logo tiger cup

कास्कीकाे हेम्जामा बस दुर्घटना हुँदा ७ जना घाइते

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

     कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस आज बिहान २ बजेर ५० मिनेटमा हेम्जा सईखेतमा पल्टिँदा सात जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा , म्याग्दीको मालिका गाउँपालिका वडा नं. ५ देवीस्थान बस्ने ३० वर्षीय भिम कुमार बुढा, सोही ठाउँका ६ वर्षीय निश्चल फगामी, बागलुङको तमानखोला गाउँपालिका वडा नं. ३ तमान बस्ने २५ वर्षीया रीता घर्ती, २७ वर्षीया निर्मला फगामी र ४६ वर्षीया सुमित्रा फगामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस